शेयर बजामा जम्मा ६९ करोडको कारोबार

शेयर बजामा जम्मा ६९ करोडको कारोबार

काठमाडौंः कारोबार हुने साताको अन्तिम दिन शुक्रबार शेयर बजारमा ६९ करोड ८८ लाख रूपैयाँको मात्र कारोबार भएको छ।

सामानय घटेको शेयर बजारमा नेप्से परिसूचक १.६७ अंकले घटेर १९७०.६२ हुँदा सन्सेटिभ परिसूचक ०.७४ अंकलदे घटेर ३८३.२० कायम भएको छ।

बैंकिङ १ दशमलव ७, विकास बैंक ९ दशमलव ६, फाइनान्स ५ दशमलव १, होटल तथा पर्यटन ७ दशमलव ५, जीवन बीमा ५ दशमलव ६, उत्पादन २२ दशमलव ९, निर्जीवन बीमा ३१ र व्यापार उपसमूह शुन्य दशमलव ४ अंक घटे। अन्य ७ दशमलव २ र जलविद्युत् उपसमूह भने शुन्य दशमलव ९ अंक बढे।

सपोर्ट माइक्रोफाइनान्स र रुरु जलविद्युत्को मूल्य ९ प्रतिशत बढ्यो। कुल ७३ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने १७ को स्थिर रह्यो।
कारोबार रकमका आधारमा नेपाल टेलिकम १० करोडको कारोबारसहित पहिलो भयो।

भदौ १७, २०७९ शुक्रबार १७:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।