कोरोनाबाट एकै दिन तीन जनाको मृत्यु, २०६ संक्रमित

काठमाडौः कोरोना संक्रमणबाट एकै दिन तीन जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु कोरोनाकै कारण भएको हो।
सोही अवधिमा २ हजार ८६९ जनामा गरिएको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको छ।
यो अवधिमा ३९८ जना संक्रमणमुक्त हुँदा ९८ हजार ४४० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ।
देशभर कोरोना सक्रिय संक्रमितको संख्या २ हजार ८९१ छ।
भदौ १७, २०७९ शुक्रबार १७:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।