अफगानिस्तान पठाइदिन्छु भन्दै ८ लाख ठगी, बसुन्धराबाट एकजना पक्राउ

काठमाडौंः अफगानिस्तान पठाइदिन्छु भनेर ८ लाख रुपैयाँ ठगी गरेकोे आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–२१ गितानगर घर भई काठमाडौं बसुन्धरा बस्ने राप्ती प्लेसमेन्ट सर्भिस प्रालिका सञ्चालक रविन अधिकारी भन्ने ३९ वर्षीय रविन्द्र अधिकारी रहेका छन्। उनलाई प्रहरीले बिहीबार बसुन्धराबाट पक्राउ गरेको हो।
अधिकारीले पीडितलाई मासिक १ लाख रूपैयाँ भन्दा बढी तलब हुने गरी अफगानिस्तानमा सेक्युरिटी गार्डको काममा लगाइदिने प्रलोभन दिएर ८ लाख रूपैयाँ लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। रकम लिएर अधिकारी फरार भएपछि पीडितले प्रहरीकोमा उजुरी गरेका थिए।
अधिकारीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको छ।
भदौ १७, २०७९ शुक्रबार १६:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।