काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतको सरुवा भयो

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयरका प्रशासकीय सहयोगी बदलिएका छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरका प्रमुख प्रशासकीय अधिकृत रहेका लोकनाथ पौड्यालको स्थानमा सहसचिव वसन्त अधिकारीको सरुवा गरेको हो।
अधिकारी मन्त्रालयमा प्रवक्ता थिए। यस अगाडिका प्रशासकीय अधिकृत पौड्यालको मन्त्रालयमा सरुवा भएको छ। मेयर बालेन्द्र शाह जनप्रतिनिधिका प्रमुख हुन् भने प्रमुख प्रशासकीय अधिकृत सरकारको तर्फबाट कर्मचारीका प्रमुख हुन्।
भदौ १७, २०७९ शुक्रबार १६:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।