प्रतिनिधि सभाबाट 'नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ विचार गरियाेस्' भन्ने प्रस्ता‍व बहुमतले स्वीकृत 

प्रतिनिधि सभाबाट 'नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ विचार गरियाेस्' भन्ने प्रस्ता‍व बहुमतले स्वीकृत 

काठमाडौं: प्रतिनिधि सभाको बैठकले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त 'नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ विचार गरियाेस्' भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेकाे छ।
 

शुक्रबार बसेकाे बैठकमा स्वीकृतिका लागि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल बाहेक अन्य सदस्यले सहमति जनाएका थिए।

बैठकमा उक्त विधेयकमाथि केही सांसदहरूले छलफलसमेत गरेका थिए। उनीहरूले विधेयक नहुनुभन्दा हुनु राम्राे भए पनि त्यसमा सुधार गर्नुपर्ने धेरै विषयहरू रहेकाे बताए।

दफामा हुने छलफलकाे क्रममा त्यहाँ भएका केही विषयहरू संशाेधन गर्नुपर्ने एमाले सांसद गाेकुल बाँस्काेटाले बताए।

प्रतिनिधि सभाको अर्को बैठक आइतबार दिउँसो २ बजे बस्नेछ।

भदौ १७, २०७९ शुक्रबार १५:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।