सिट बाँडफाँट सहमति नजिक पुगेको दाहालको दाबी, एमालेसँग तालमेल नहुने

सिट बाँडफाँट सहमति नजिक पुगेको दाहालको दाबी, एमालेसँग तालमेल नहुने

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलबीच सिट बाँडफाँट सहमतिको नजिक पुगेको बताएका छन्।

माओवादी केन्द्र कर्णाली प्रदेशका नेता कार्यकतालाई प्रशिक्षणका लागि सुर्खेत वीरेन्द्रनगर पुगेका दाहालले पत्रकारहरूसँगको भेटघाटमा क्षेत्र र प्रदेश तोकेरै सिट बाँडफाँटमा गठबन्धन दल सहमति नजिक पुगिएको बताउँदै गठबन्धन दलभित्र कुनै पनि असहमति नभएको दाबी गरे।

अध्यक्ष प्रचण्डले यसपटकको चुनावमा सन्तुलित तालमेल हुने बताउँदै एमालेसँग तालमेलको सम्भावना नरहेको स्पष्ट पारे। सत्ता गठबन्धनलाई नै बलियो बनाउने उनले बताए।

अध्यक्ष दाहालले एकीकृत समाजवादीसँग प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने दोहो¥याए। एकताको प्रक्रियासमेत अघि बढेको उनको भनाइ छ।

दाहालले आगामी प्रतिनिधि सभाको निर्वाचनमा आफू चितवन–३ बाटै चुनाव लड्ने बताए।

भदौ १७, २०७९ शुक्रबार १४:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।