नेपाल-केन्या एकदिवसीय श्रृङ्खला आजबाट, २५ ओभरमा ४ विकेट गुमाएर ९७ रनमा केन्या

नेपाल-केन्या एकदिवसीय श्रृङ्खला आजबाट, २५ ओभरमा ४ विकेट गुमाएर ९७ रनमा केन्या
फाइल तस्बिर । क्यान

काठमाडौं: नेपाल र केन्याबीचको एकदिवसीय श्रृङ्खला आजबाट सुरु भएको छ। आज पहिलो खेलमा केन्याले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।

नेपाल अहिले बलिङ गर्दैछ। हालसम्म केन्याले २५ ओभरको खेल खेल्दा ९७ रन बनाएको छ। केन्याको ४ विकेट गुमिसकेको छ।

यसअघि नेपालले टी ट्वेन्टी श्रृङ्खला ३-२ ले जितेको थियो। एकदिवसीय श्रृङ्खला पनि जित्ने नेपालको दाउ हुनेछ।

यता केन्या आजको पहिलो खेलमा जित हात पारेर एकदिवसीय श्रृङ्खलामा सुखद् सुरुआत गर्न चाहन्छ।

आज नेपाली टोलीको कप्तानी रोहित पौडेलले सम्हाल्नेछन्। सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इण्डिज पुगेकाले कप्तानीमा परिवर्तान भएको हो।

भदौ १७, २०७९ शुक्रबार १४:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।