अवरुद्ध नारायणगढ–मुग्लिङ सडकखण्ड खुल्यो

साङ्केतिक तस्बिर
काठमाडौं: पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिङ सडकखण्ड सञ्चालनमा आएको छ। आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो।
सडक बिहान ११ः४५ बजेपछि सञ्चालनमा ल्याइएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको थियो। पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो। पहिरोका कारण रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।
भदौ १७, २०७९ शुक्रबार १३:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।