झुम्का नहरमा नहाउने क्रममा दुई जनाको डुबेर मृत्यु

झुम्का नहरमा नहाउने क्रममा दुई जनाको डुबेर मृत्यु
साङ्केतिक तस्बिर

सुनसरी: बराहक्षेत्र नगरपालिका-३ बाङ्गेस्थित चतरा झुम्का नहरमा नुहाउने क्रममा दुई जनाको डुबेर मृत्यु भएको छ। हिजो बिहान पौने १० बजे नहरमा नुहाउने क्रममा बराहक्षेत्र- ४ कि ३६ वर्षीया शोभा खड्का र डिकबहादुर खड्काको १४ वर्षीया छोरी सलिना खड्का पानीमा डुबेर बेपत्ता भएका थिए।

शोभालाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागि विजयपुर अस्पताल धरान लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो।

बेपत्ता भएकी सलिनालाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा ३०० मिटर टाढा मृत अवस्थामा फेला परेको हो।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको छ।

भदौ १७, २०७९ शुक्रबार १२:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।