प्रतिनिधि सभा बैठक बस्दै, मिडिया काउन्सिल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने

प्रतिनिधि सभा बैठक बस्दै, मिडिया काउन्सिल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने

काठमाडौं: प्रतिनिधि सभाको आजको बैठक दिउँसो १ बजे बस्दैछ। एघारौं अधिवेशनको ६०औं बैठकमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिडिया काउन्सिल विधेयक प्रस्तुत गर्नेछन्।

मन्त्री कार्कीले राष्ट्रिय सभाको सन्देशसहितको “नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत
गर्ने प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिएका छन्।

भदौ १७, २०७९ शुक्रबार १०:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।