नारायणगढ–मुग्लिङ सडकखण्ड फेरि पहिरोले अवरुद्ध

नारायणगढ–मुग्लिङ सडकखण्ड फेरि पहिरोले अवरुद्ध
साङ्केतिक तस्बिर

काठमाडौं: नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो खस्दा सडक फेरि अवरुद्ध भएको छ। आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो।

यसअघि हिजो पनि केराबारीमै पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो। हिजो बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो।

जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ। निरन्तरको वर्षाले पहिरो झर्ने क्रम रोकिएको छैन।

पहिरो पन्छाउनका लागि समन्वय भइरहेको उनले बताए। पहिराका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन्।

भदौ १७, २०७९ शुक्रबार १०:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।