आउँदो निर्वाचनमा समानुपातिकतर्फ ६८ दलले भाग लिने, जनमत पार्टीको 'हर्न' चिह्न पहिलो नम्बरमा

काठमाडौं: मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ ६८ दलले भाग लिने भएका छन्। निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ७६ दलबाट निवेदन परेकामा आन्तिममा ६८ दल कायम भएका हुन्।
आयोगले ती दलको दर्ता नं, नाम, केन्द्रीय कार्यालयको ठेगाना, प्रमुख पदाधिकारीको नाम, निवेदन दर्ता गराउन आउने अख्तियारप्राप्त व्यक्तिको नाम र निर्वाचन चिह्नसहितको विवरण प्रकाशन गरेको छ। सो विवरणमा दर्ताका आधारमा जनमत पार्टीको ‘हर्न’ चिह्न पहिलो नम्बरमा रहेको छ।
यस्तै नेपाली कांग्रेसको रुख–१५, नेकपा एमालेको सूर्य–२८, माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको हसिँया हथौडा–६०औं नम्बरमा रहेका छन्।
यस्तै ६८औं नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ चिह्न दर्ता भएको छ।
भदौ १७, २०७९ शुक्रबार १०:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।