जुम्लाका दुई स्थानमा केबुलकारको सम्भाव्यता अध्ययन गरेर फर्कियो टोली

जुम्लाका दुई स्थानमा केबुलकारको सम्भाव्यता अध्ययन गरेर फर्कियो टोली

काठमाडौं: जुम्लाका दुई स्थानमा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ। चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन गरिएको हो। 

अध्ययन गरेर रोपवे नेपाल प्रालीको टोली फर्किएको छ।

आन्तरिक र बाह्य पर्यटनको सम्भावनालाई ध्यानमा राखेर केबुलकारको सम्भाव्यता अध्ययन गरिएको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले बताए। धार्मिक पर्यटनका लागि चन्दननाथ मन्दिर र डुडुल चैत्य महत्त्वपूर्ण गन्तव्य हुन्। ती दुवै चन्दननाथ नगरपालिकाभित्र पर्छन्।

धिमीदेखि चेरैचौर हुँदै खाली जोड्न केबुलकार सञ्चालनमा ल्याउन सके मुगुको रारा जान चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई राहत मिल्ने नगरप्रमुख कठायतले बताए।

काठमाडौं महानगरपालिकासँगको साझेदारीमा धिमीचौरमा तीन करोडको लागतमा उद्यान निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ। दानसाँघुदेखि चिमारासम्म केबुलकार सञ्चालन गर्न करिब रु चार अर्ब खर्च हुने अनुमान गरिएको छ।

भदौ १७, २०७९ शुक्रबार ०८:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।