बुटवल- तानसेन सडकखण्ड पहिरोले अवरुद्ध

बुटवल- तानसेन सडकखण्ड पहिरोले अवरुद्ध

बुटवल: पहिरोका कारण बुटवल-तानसेन सडकखण्ड अवरुद्ध बनेको छ। बिहिबार बिहानदेखि एकतर्फी सुचारु भएको सडक गए राति केराबारी नजिकै पहिरो जाँदा पुनः अवरुद्ध बनेको हो।

ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका अनुसार पहिरो खुलाउने प्रयास जारी छ। सडक अवरुद्ध हुँदा ठूला-साना सवारी बाटोमै रोकिएका छन्।

भदौ १७, २०७९ शुक्रबार ०७:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।