एसिया कपमा आज पाकिस्तान र हङ्कङ भिड्ने, जित्ने टोली 'सुपर फो'मा पुग्ने

काठमाडौं: जारी एसिया कपको अन्तिम चारमा तीन वटा टोली पुगिसकेका छन्। 'सुपर फो'मा भारत, अफगानिस्तान र श्रीलङ्काले आफ्नो स्थान तय गरिसक्दा एक स्थान रिक्त छ।
आज पाकिस्तान र हङ्कङबीच समूह चरणको अन्तिम खेल हुँदैछ। यस खेलको विजेता सुपर फोमा पुग्नेछ।
पाकिस्तान र हङ्कङबीचको खेल नेपाली समयअनुसार आज साँझ ७:४५ बाट सुरु हुनेछ। यसअघि हङ्कङ र पाकिस्तान दुवै भारतसँग पराजित भइसकेका टोली हुन्।
हङ्कङ निजाकत खानको कप्तानीमा मैदान प्रवेश गर्नेछ भने पाकिस्तान बाबर आजमको कप्तानीमा मैदानमा उत्रने छ।
समूह 'ए' का यी टोलीले एक-एक हार व्यहोरेका छन्। अंकतालिकामा रनरेटका आधारमा पाकिस्तान दोस्रो स्थानमा छ।
आजको खेल जित्ने टोलीले सेप्टेम्बर ४ मा पुनः भारतसँग खेल्नुपर्नेछ।
हिजो श्रीलङ्कासँग हार व्यहोर्दै बङ्गलादेश प्रतियोगिताबाट बाहिरिएको छ।
भदौ १७, २०७९ शुक्रबार ०७:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।