एउटा प्रदेश सभा क्षेत्रमा कांग्रेसका चार आकांक्षी, समानुपातिकमा १७ जनाकाे नाम

काठमाडौं : नेपाली कांग्रेस लमजुङले प्रदेश सभा निर्वाचनका लागि प्रदेश'क'बाट मात्रै चार जनाको उम्मेदवारी सिफारिस गरेकाे छ।
उम्मेदवारी हुन चाहनेले क्षेत्रीय समितिमा निवेदन दिनुपर्ने नियमानुसार चार जनाले निवेदन दिएका थिए। साेही अनुसार समितिले सिफारिस गरेकाे हाे।
लमजुङ जिल्लाका पूर्व सभापति शंकर कान्त जोशी, शंकरदेव क्याम्पसका पूर्व स्ववियु सभापति रामकृष्ण कँडेल, सुवास पौडेल र डिकेन्द्र राज कँडेलले प्रदेश सभामा उम्मेदवारी दिन चाहेका छन्।
त्यस्तै समानुपातिकतर्फ १४ जनाको नाम सिफारिस भएको लमजुङ कांग्रेसले जनाएकाे छ।
प्रतिनिधि सभाको नाम भने शुक्रबार मात्र सिफारिस हुनेछ।
भदौ १६, २०७९ बिहीबार २२:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।