सरकारले ६ रूपैयाँले बढायाे मट्टितेल र डिजेलमा मूल्य

सरकारले ६ रूपैयाँले बढायाे मट्टितेल र डिजेलमा मूल्य

काठमाडौं : सरकारले मट्टितेल र डिजेलमा मूल्य बढाएकाे छ।

बिहीबार इन्डियल आयल कर्पोरेशन(आइ‌ओसी)बाट मूल्य बढेर आएसँगै नेपाल आयल निगमले मट्टितेल र डिजेलमा प्रतिलिटर ६ रुपैयाँले मूल्य बढाएकाे हाे।

बढेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

यसअघि भारतबाट इन्धनकाे मूल्य घटेर आए पनि निगमले घटाएकाे थिएन। अहिले पनि ग्यासकाे मूल्य घटेर आएकाे भए पनि निगमले मूल्य घटाएकाे छैन। 

भदौ १६, २०७९ बिहीबार २२:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।