पाँच जिल्लामा ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’, नाै जना उम्मेदवार घोषणा

काठमाडौं : स्वतन्त्र तथा वैकल्पिक शक्तिको ‘लौरो अभियान’ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ९ जना उम्मेदवारको घोषणा गरेको छ।
अभियानले अहिलेसम्म पाँचवटा जिल्लाका मात्र उम्मेदवार सार्वजनिक गरेका छन्। बिहीबार सुमन सायमीको नेतृत्त्वमा ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’को घोषणासँगै ९ जना उम्मेदवार सार्वजनिक गरिएको हो।
कार्यक्रमका अध्यक्ष एवं काठमाडौं ८ प्रदेशका स्वतन्त्र उम्मेदवमर सुमन सायमीले देशको राष्ट्रियता, स्वाधिनताको रक्षको लागि परिवर्तन आवश्यक रहेको र यसको विकल्प स्वतन्त्र लौरो अभियान बाहेक अरु नभएको दाबी गरे।
लौरो अभियानले काठमाडौं–५ मा मधुसुदन पाठक ‘सीते बा’, काठमाडौं–८ मा सुमन सायमी र काठमाडौं–९ मा विद्या श्रेष्ठको नाम सार्वजनिक गरेको हो।
यसैगरी, भक्तपुर–२ मा दरोस्तभ लोकेन्द्र, कास्की–२ मा सिरीष गुरुङ, रौतहट–१ मा राहुल मिश्र, रुपन्देही–५ मा भीष्म राना र उदपयुरमा गजेन्द्र महतलाई आगामी निर्वाचनका लागि उम्मेदवारका रूपमा अघि सारेको हो।
भदौ १६, २०७९ बिहीबार २२:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।