पाँच दलका शीर्ष नेताबीच सिट बाँड्ने सहमति, सय मागेको कांग्रेसको भागमा ८६

काठमाडौं : आगामी प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन बनाएर जान सहमत भएका पाँच दलका शीर्ष नेताबीच सिट सङ्ख्यामा लगभग सहमति भएको छ।
कार्यदलमा सहमति हुन नसकेपछि शीर्ष नेताहरू नै छलफलमा जुटेका थिए।
एक नेताले दिएको जानकारी अनुसार एक सय ६५ मध्ये कांग्रेसलाई ८६, माओवादी केन्द्रलाई ४७, एकीकृत समाजवादीलाई १८, जनता समाजवादीलाई १३ र राष्ट्रिय जनमोर्चालाई १ सिट दिने सहमति भएको हो।
शीर्ष नेताहरूबीच भएको सहमतिलाई कार्यदलले अन्तिम रूप दिएर सहमति सार्वजनिक गर्ने तयारी भएको ती नेताले उकेरालाई जानकारी दिए।
भदौ १६, २०७९ बिहीबार २०:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।