गिरिको सम्झनामा देशभर नेविसंघको दीप प्रज्वलन
काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको १३औं पुण्यतिथिमा देशभर दीप प्रज्वलन गर्यो।
गिरिप्रति श्रद्धाञ्जली अर्पण गरी उनको योगदानको चर्चा, स्मरण र रचनात्मक कार्यक्रम गरियो।
नेवि संघ केन्द्रीय कार्यसमितिले शान्तिबाटीकामा गरेको दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रममा कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गिरि आफ्ना विचारहरू प्रस्तुत गर्न कसैसँग पनि नडराउने व्यक्तित्व रहेको बताए।
नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले यूवा पुस्तालाई सधैँ मार्गदर्शन गर्ने गिरिको चिन्तनको अध्ययन गर्न जरुरी रहेको बताए। गिरिले देखाएको बाटोमा नेविसंघ हिड्ने उनले प्रतिबद्धता जनाए।
घाँटीको क्यान्सरबाट पीडित गिरिको भदौ ४ गते ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको थियो।
भदौ १६, २०७९ बिहीबार १९:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।