२६९ जनामा कोरोना संक्रमण, एक जनाकाे मृत्यु

२६९ जनामा कोरोना  संक्रमण, एक जनाकाे मृत्यु

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप २ सय ६९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५७ जनाको नमूना परीक्षण गरिएकाेमा २ सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बिहीबार २ सय १५ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ३ हजार १ सय ५८ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

भदौ १६, २०७९ बिहीबार १८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।