हसियाँले हानेर महिलाकाे हत्या,४० वर्षीय पुरुष पक्राउ

हसियाँले हानेर महिलाकाे हत्या,४० वर्षीय पुरुष पक्राउ

नुवाकोट : जिल्लाकाे तादी गाउँपालिका-५ गोरे बस्ने ५० वर्षीया दुर्गा न्यौपानेकाे हत्या आराेपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेकाे छ।

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय शम्भु तामाङलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय, खरानीटारले जनाएकाे छ। प्रहरीले तामाङलाई हसियाँसहित पक्राउ गरेको हाे।

शम्भुले भदौ ५ गते बिहान धारिलो हतियार हसियाँ प्रहार गर्दा दुर्गा गम्भीर घाइते भएकी थिइन्।

उपचारका लागि खरानीटार अस्पताल हुँदै थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज पठाएकोमा न्याैपानेकाे उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिररहेकाे छ।

भदौ १६, २०७९ बिहीबार १७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।