शेयर बजारमा झिनो गिरावट, हिमालयन एभरेष्ट इस्योरेन्समा सकारात्मक सर्किट

काठमाडौं : कारोबार हुने साताको पाँचौं दिन शेयर बजारमा झिनो गिरावट आएको छ।
बिहीबार नेप्से परिसूचक १.०८ अंकले घटेर १९७२.२९ विन्दुमा झर्दा सेन्सेटिभ परिसूचक ०.६६ अंकले घटेर ३८३.९३ विन्दुमा छ।
बजार घटेपछि पनि बुधबारको तुलनामा कारोबार रकममा भने वृद्धि भएको छ। बुधबार १ अर्ब १२ करोडको कारोबार भएकोमा बिहिबार भने १ अर्ब ३८ करोडको कारोबार भएको छ।
बजार झिनो अंकले घटेपछि १३ मध्ये ७ वटा उपसूचक समूह बढेका छन्। बाँकी ६ वटा समूहमा सामान्य गिरावट आएको छ।
यसदिन हिमालयन एभरेष्ट इस्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत(सर्किट)ले कमाए। कारोबारमा भने नेपाल टेलिकम अगाडि रह्यो। उसको शेयरमा १२ करोडको कारोबार गर्यो।
भदौ १६, २०७९ बिहीबार १५:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।