नारायणगढ-मुग्लिङ सडक तीन बजेभित्रमा खुलाउने गरी पहिरो पन्छाउने काम हुँदै

काठमाडौं: पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिङ सडकखण्ड आजै दिउँसो ३ बजेभित्रमा खुलाउने गरी काम भइरहेको छ। निरन्तरको वर्षाका कारण सो सडकखण्डको केराबारीको मौरीखोला र अठार किलोमा ठूलो पहिराका साथै अन्य ठाउँ–ठाउँमा साना पहिरो खसेको छ।
भरतपुर डिभिजन सडक कार्यालयका इञ्जिनियर सागर कार्कीका अनुसार मौरीपुलबाहेकका पहिरो पन्छाइसकिएको छ। मौरीपुलमा दुई लोडर, दुई व्याकलोडर र एउटा एक्स्काभेटरले काम गरिरहेको छ।
सो ठाउँमा ६० मिटर सडक पहिरोले ढाकेकामा आठ मिटर चौडा र पाँच मिटर अग्लो पहिरो पन्छाउने काम भइरहेको छ। अठार किलोमा २० मिटर लामो ११ मिटर चौडा र एक दशमलव पाँच मिटर सडक पहिरोले ढाकेको थियो।
बिहान ५ः५० बजेदेखि सडक अवरुद्ध भएका कारण धेरै सवारीसाधन जाममा परेका छन्।
भदौ १६, २०७९ बिहीबार १४:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।