बिहीबार एकैदिन तोलामा ९ सयले घट्यो सुनको मूल्य

बिहीबार एकैदिन तोलामा ९ सयले घट्यो सुनको मूल्य

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य ठूलै अन्तरले घटेको छ। आज सुन तोलामा नौ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार १०० रुपैयाँ कायम भएको छ। आज तेजाबी सुन तोलामा ९२ हजार ६०० कायम भएको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ३० रुपैयाँले घटेको हो। आजको मूल्य एक हजार १०० रुपैयाँ प्रतितोला कायम भएको छ।

भदौ १६, २०७९ बिहीबार १३:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।