
सुनसरीमा एकीकृत समाजवादीले सिफारिस गर्यो उम्मेदवार, मुख्यमन्त्री राई क्षेत्र नम्बर १ मा

काठमाडौं: प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि एकीकृत समाजवादी सुनसरीले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। पार्टीले सुनसरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ बाट प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ।
यस्तै राईसहित लक्ष्मण चौधरी, पद्मा सुब्बा र जीवन राईको नाम पनि सिफारिस गरिएको जिल्ला सचिव वसन्त सुवेदीले जानकारी दिए।
यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (क) बाट सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम सिफारिस गरिएको छ। १ (ख) बाट रेवतीरमण राई, अमृता रामदाम र श्यामनारायण राजधामीको नाम सिफारिस गरिएको जिल्ला सचिव सुवेदीले बताए।
प्रतिनिधि सभा सुनसरी क्षेत्र नं २ बाट धर्म निरौला, केपी सापकोटा र सरिता कार्की लामाको नाम सिफारिस गरिएको छ। यस क्षेत्रको प्रदेश सभाका उमेदवारको नाम आगामी बैठकले सिफारिस गर्ने निर्णय गरेको सचिव सुवेदीले जानकारी दिए।
सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा मोहमद जैनुल हक मियाँ, कमला दुलाल र जुगुतनारायण चौधरीको नाम सिफारिस गरिएको छ। प्रदेश सभामा क्षेत्र नं ३ (क) बाट केशव विष्ट, गौरी परियार र नयनतारा सिटौलाको नाम सिफारिस गरिएको छ भने ३(ख)बाट रामचन्द्र मटियैत, दीपक राई र रेखा गुरुङको नाम सिफारिस गरिएको छ।
क्षेत्र नं ४ बाट प्रतिनिधि सभामा केशवप्रसाद तिम्सिना, डा. सीएन पाठक र कैलाश अञ्जुमको नाम सिफारिस गरिएको छ। त्यसैगरी प्रदेश सभा क्षेत्र नं ४(क) मा बाबुराम बराल, परमानन्द पौडेल र कल्पना पोखरेलको नाम सिफारिस गरिएको छ भने ४ (ख)मा महफुज आलम अन्सारी, किरण कार्की र सवनम आरीको नाम सिफारिस गरिएको छ।
भदौ १६, २०७९ बिहीबार १३:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।