चार सय ग्राम गाँजासहित ३० वर्षकी सञ्जु पक्राउ

चार सय ग्राम गाँजासहित ३० वर्षकी सञ्जु पक्राउ

महोत्तरी: सम्सी गाउँपालिका-४ बस्ने ३० वर्षीया सञ्जुदेवी झालाई चार सय ग्राम अवैध लागूऔषध गाँजासहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा केन्द्रीय लागूऔषध ब्युरो शाखा कार्यालय जनकपुर र प्रहरी चौकी गैडाभेटपुरबाट खटिएको टोलीले झालाई पक्राउ गरेको हो।

प्रहरीले झाको घुम्ती पसल जाँच गर्ने क्रममा लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारेपछि उनलाई पक्राउ गरेको हो।

भदौ १६, २०७९ बिहीबार १२:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।