निलम्बित प्रधानन्यायाधीश जबराको दोस्रो दिनको बयान सुरु

निलम्बित प्रधानन्यायाधीश जबराको दोस्रो दिनको बयान सुरु

काठमाडौं: महाभियोग सिफारिस समितिको दोस्रो दिनको बैठकमा आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बयान लिइँदैछ। बयान लिने क्रम बुधबारबाट सुरु भएको हो।

जबरामाथि समितिले ६४ प्रश्नहरू सोध्नेछ। जसमध्ये समितिकै ४३ वटा प्रश्न छन् भने नेपाल बार एशोशिएसनका २१ वटा प्रश्नहरू छन्। हिजो चार वटा प्रश्नमाथि मात्रै बयान लिइएको थियो। आज बाँकी प्रश्नमा सवाल-जवाफ हुनेछ।

हिजो बयान दिने क्रममा जबराले पूर्वप्रधानन्यायाधीशहरूले अवकाशपछि पनि अदालतमा भाग खोज्ने गरेको र आफैँ अदालत चलाउन खोज्ने गरेको गम्भीर आरोप लगाएका थिए। उनले आफू निर्दोष भएको बताउँदै संविधानअनुसार आफूमाथि दर्ता भएको महाअभियोग निष्क्रिय भइसकेको दावी गर्दै नागरिकको रूपमा संसदीय समितिको मान राख्न बयानका लागि आएको बताएका थिए।

समितिको यही भदौ ८ गते बसेको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको थियो। उक्त निर्णयानुसार उनी हिजो बयान दिन पुगेका थिए।

गत फागुन १ गते ९८ सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए।

भदौ १६, २०७९ बिहीबार १२:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।