‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’

‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’

काठमाडौँ : आइएमइले आफ्ना ग्राहकलाई लक्षित दसैँ अफर ल्याएको छ। विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीलाई उपहारसहितको नयाँ अफर ल्याएको हो।

अफरमा दैनिक एक जनालाई सामसङ मोबाइल उपहार दिइने,हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई २५ हजार रुपैयाँ,  एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ उपहार रहेका छन्।

पानीपोखरी काठमाडौँस्थित आइएमई केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत अफर सार्वजनिक गरिएको थियो। कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ब्रान्ड एम्बासडर दीपकराज गिरी, आइएमई ग्रुपका भाइस प्रेसिडेन्ट रुद्रराज पौडेललगायत ग्रुपमा कार्यरत कर्मचारीहरू उपस्थिति रहेको थिए।

अध्यक्ष ढकालले आइएमईले आफ्नो स्थापनादेखि नै यस्ता अफर ल्याउँदै आएको स्मरण गर्दै यस्ता अफरले सेवाग्राही, व्यावसायिक साझेदार र कम्पनीबिचको त्रिपक्षीय सम्बन्धलाई मजबुत बनाउने बताएका थिए।

देशको आर्थिक क्रियाकलापमा रेमिटेन्सको भूमिका महत्त्वपूर्ण छ भन्ने कुरा अहिले आएर झनै प्रस्ट भएको भन्दै उनले विदेशबाट आउने रेमिटेन्स बढाउन सबैले भूमिका खेल्नु पर्ने बताए।

अध्यक्ष ढकालले फरक प्रसङ्गमा गैर आवासीय नेपाली सङ्घसँगको सहकार्यमा निर्माण सम्पन्न भएको २७ मेगावाट क्षमताको दोर्दी खोलाको विद्युतीय उत्पादन मङ्गलवार मात्र राष्ट्रिय प्रसारण केन्द्रमा जोडिएको जानकारी गराएका थिए।

कूल ८२ जना सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थिममा आधारित रहेको छ। अफर १६ भदौ २०७९ देखि १६ कात्तिकसम्म कूल ९ हप्ता अर्थात् ६३ दिन कायम हुनेछ। अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्रमार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ।

भदौ १६, २०७९ बिहीबार ११:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।