एसिया कपमा आज श्रीलङ्का र बङ्गलादेश भिड्दै, सेमिफाइनलमा स्थान बनाउन अवसर

काठमाडौं: एसिया कपमा आज श्रीलङ्का र बङ्गलादेश भिड्दैछन्। आज साँझ नेपाली समयअनुसार ७:४५ मा यी दुई टोली भिड्नेछन्।
यसअघिका दुई म्याच यी दुवै टोलीले हारिसकेको हुँदा आजको खेल जित्ने टोलीले २ अंक प्राप्त गर्छ। र २ अंकले विजेता टोलीलाई सेमिफाइनल पुर्याउनेछ।
समूह 'बी' मा रहेका यी टोली यसअघि अफगानिस्तानसँग पराजित भइसकेका छन्। अफगानिस्तान सेमिफाइनलमा पुगिसकेको छ। समूह 'ए' बाट भारतले हङ्कङ र पाकिस्तानलाई हराउँदै सेमिफाइनल यात्रा तय गरिसकेको छ।
बङ्गलादेश शाकिब अल हसनको नेतृत्त्वमा मैदानमा उत्रनेछ भने श्रीलङ्का दसुन शनाकाको नेतृत्त्वमा मैदान प्रवेश गर्नेछ।
यसपछि भोलि हुने पाकिस्तान र हङ्कङबीचको खेलले अन्तिम चार टोलीको टुङ्गो लगाउनेछ।
भदौ १६, २०७९ बिहीबार ११:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।