प्रदीप गिरीको १३औं पुण्यतिथिमा नेविसङ्घले देशभर दीप प्रज्वलन गर्ने

प्रदीप गिरीको १३औं पुण्यतिथिमा नेविसङ्घले देशभर दीप प्रज्वलन गर्ने

काठमाडौं: नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले स्वर्गीय प्रदीप गिरिको १३औं पुण्यतिथिमा आज देशभर दीप प्रज्वलन गर्ने भएको छ। नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले बुधबार विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्ला कार्यसमिति, विश्वविद्यालय समन्वय समिति, क्याम्पस एकाइ समिति र मातहतका सबै समितिलाई परिपत्र गर्दै दीप प्रज्वलन गर्न निर्देशन दिएका हुन्।

स्व. गिरीप्रति श्रद्धाञ्जली अर्पण गरी उनको योगदानको चर्चा, स्मरण र रचनात्मक कार्यक्रम तथा आज साँझ दीप प्रज्वलन गर्न निर्देशन दिइएको हो।

केन्द्रीय कार्यसमितिले शान्तिबाटीकामा दीप प्रज्वलन तथा श्रद्धाञ्जलीको कार्यक्रम राखिएको उनले जानकारी दिए।

घाँटीको क्यान्सरबाट पीडित स्व. गिरिको उपचारका क्रममा मेडिसिटी अस्पताल, ललितपुरमा यही भदौ ४ गते निधन भएको थियो। भदौ ५ गते उनको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो।

सिरहाको बस्तीपुरमा २००४ सालमा जन्मिएका गिरी चार पटक सांसद बनेका थिए। उनी पछिल्लो पटक २०७४ सालमा प्रतिनिधि सभा सदस्यमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।

भदौ १६, २०७९ बिहीबार १०:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।