५८औं राष्ट्रिय बाल दिवसको नारा- ‘बालमैत्री समाजको आधार: जिम्मेवार परिवार, उत्तरदायी समाज’

काठमाडौं: सरकारले ५८औं राष्ट्रिय बाल दिवसको नारा तय गरेको छ। ‘बालमैत्री समाजको आधार: जिम्मेवार परिवार, उत्तरदायी समाज’ भन्ने नारा यस वर्षका लागि तय भएको हो।
बर्सेनी भदौ २९ गते मनाइँदै आएको बाल दिवसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालमैत्री अवधाराणालाई महत्त्व दिँदै उक्त नारा तय गरेको महिला विकास अधिकृत कमला दाहालले जानकारी दिइन्।
नेपालले सन् १९९० सेप्टेम्बर १४ मा बाल अधिकार महासन्धि अनुमोदन गरेको सम्झनामा प्रत्येक वर्ष भदौ २९ गते दिवास मनाउँदै आएको छ। मन्त्रालयले दिवस मनाउन स्थानीय तह, प्रदेश सरकार, विभिन्न बाल क्लब, नागरिक सङ्घसंस्था र सञ्जाललाई आग्रह गरेको छ।
मन्त्रालयले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ पनि पठाएको छ। सो निर्देशिका २०७८ असार २७ गते मन्त्रीस्तरको निर्णयबाट स्वीकृत भएको थियो।
भदौ १६, २०७९ बिहीबार १०:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।