राष्ट्रिय सभाको बैठक बस्दै, यी हुन् कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, यी हुन् कार्यसूची
फाइल तस्बिर

काठमाडौं: राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो ३ बजे राष्ट्रिय सभाको १२औं अधिवेशनको ५०औं बैठक बस्दैछ।

आजको बैठकमा राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले 'राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक र एकीकृत प्रतिवेदन' पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

त्यस्तै अर्थमन्त्री जनार्दन शर्माले 'बीमा विधेयक २०७५' र 'सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६' माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादवले 'पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६' माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राईले 'शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६' माथि प्रतिनिधि सभाबाट प्राप्त संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै शिक्षामन्त्री देवेन्द्र पौडेलले 'योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९' लाई प्रतिनिधि सभाबाट भएको संसोधन स्वीकार गरी पुनः पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

भदौ १६, २०७९ बिहीबार ०९:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।