मुग्लिङ-नारायणघाट र पोखरा-बाग्लुङ सडकखण्ड पहिरोले अवरुद्ध

मुग्लिङ-नारायणघाट र पोखरा-बाग्लुङ सडकखण्ड पहिरोले अवरुद्ध
साङ्केतिक तस्बिर

काठमाडौं: अविरल वर्षासँगैको पहिरोका कारण नारायणघाट-मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ। चितवनको भरतपुर महानगरपालिका- २९ केराबारीमा आज बिहान ६ बजे पहिरो खसेको थियो।

पूर्ण अवरुद्ध सडक हाल दुई वटा जेसीबी प्रयोग गरेर पहिरो हटाउने कार्य भइरहेको ईलाका प्रहरी कार्यालय मुग्लिङले जानकारी दिएको छ।

यस्तै पोखरा–बाग्लुङ सडकखण्ड पनि अवरुद्ध भएको छ। पर्वतको मोदी गाउँपालिका- ५ अम्बोटमा पहिरो खसेका कारण सवारी आवागमन पूर्णरूपमा बन्द भएको छ।

वर्षाको कारण आज बिहान ४ बजे खसेको पहिरोले बन्द भएको सडक खुलाउने पहल भइरहेको प्रहरी चौकी देउपुर पर्वतले जनाएको छ।

भदौ १६, २०७९ बिहीबार ०८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।