भागबण्डा मिलाउन आज पनि सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै

काठमाडौं: सत्ता गठबन्धनको कार्यदलको बैठक आज पनि बस्दैछ। आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा टिकटको भागबण्डा मिलाउन बैठक बस्न लागेको हो।
आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ। आजको बैठकमा मापदण्डअनुसारै कुन दललाई कति सिट दिइने भन्नेबारे निर्णय गरिने बताइएको छ।
कुल १६५ प्रतिनिधि सभा सिटमा कांग्रेस एक्लैले एक सय, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले २० र राष्ट्रिय जनमोर्चाले दुई सिट दावी गरिरहेको छ। यसले गर्दा गठबन्धनमा भागबण्डाको सहमति हुन सकेको छैन।
यसअघि हिजो पनि कार्यदलको बैठक बसेको थियो। तर निष्कर्षमा नपुगी बैठक सकिएको थियो।
भदौ १६, २०७९ बिहीबार ०८:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।