तीज मनाएर आमा र बहिनीसँग फर्किँदै गरेका अमितको खोला तर्ने क्रममा मृत्यु

तीज मनाएर आमा र बहिनीसँग फर्किँदै गरेका अमितको खोला तर्ने क्रममा मृत्यु

सिन्धुपाल्चोक: खोला तर्ने क्रममा एक जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ स्थानीय १७ वर्षीय अमित थामीको मृत्यु भएको हो।

मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किँदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए। उनकी आमा र बहिनी भने सकुशल रहेका छन्।

खोलामा पुल नहुँदा स्थानीले सास्ती खेप्दै आएका छन्। मुलाबारीबाट पिस्कर अध्ययन गर्न आउने विद्यार्थी तथा स्थानीयलाई बर्खामा आवतजावत गर्न खोलामा जोखिम रहेको स्थानीयले बताएका छन्।

भदौ १६, २०७९ बिहीबार ०७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।