देशका पाँच वटा प्रदेशमा आज भीषण वर्षाको सम्भावना

देशका पाँच वटा प्रदेशमा आज भीषण वर्षाको सम्भावना

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका पाँच वटा प्रदेशका विभिन्न स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ।

यतिबेला देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना छ।

भदौ १६, २०७९ बिहीबार ०७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।