
बझाङमा जीपले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

बझाङ: जीपको ठक्करबाट बझाङमा एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका–९ घर भएका ६० वर्षका गगन ओखेडा रहेका छन्।
जिल्लाको केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट बागथलातर्फ गइरहेको सुदूरपश्चिम प्रदेश-०१- ००च २६९० नम्बरको जीपले देउरा बजारमा पैदल हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
ओखेडाको घटनास्थलमै मृत्यु भएको अस्थायी प्रहरी पोष्ट बागथलाले जानकारी दिएको छ। चालक बुङ्गल नगरपालिका –६ बस्ने दीपेन्द्र धामी फरार रहेको बताएको छ।
घटनास्थलमा प्रहरी पुगेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी बताए।
भदौ १६, २०७९ बिहीबार ०७:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।