चोलेन्द्रले घुस काण्डमा जोगाएका न्यायाधीशलाई न्याय परिषद् बर्खास्त गर्‍यो

चोलेन्द्रले घुस काण्डमा जोगाएका न्यायाधीशलाई न्याय परिषद् बर्खास्त गर्‍यो

काठमाडौँ : गम्भीर आर्थिक विचलनको उजुरीको आधारमा छानबिनका लागि केन्द्रमा तानिएका जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारी बर्खास्त भएका छन्। बुधवार बसेको न्यायपरिषद बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

जिल्ला अदालत बाँकेको न्यायाधीश हुँदा आर्थिक स्वार्थवश न्याय सम्पादन प्रभावित पारेको भन्दै उनी विरुद्ध उजुरी परेको भन्दै छानबिनका लागी परिषद्ले उनलाई सर्वोच्च अदालतमा झिकाएर छानबिन सुरु गरेको थियो। उनीमाथि सप्तरी जिल्ला अदालतमा कार्यरत रहँदा समेत घुस लिएको आरोपमा छानबिन भएको थियो।

त्यो बेला उनको खातामा फेला परेको ८ लाख रुपैयाँको स्रोत शङ्कास्पद रहेको भन्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले बर्खास्त गर्न सिफारिस गरे पनि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सिफारिस कार्यान्वयन नगरी उनलाई संरक्षण दिएका थिए।

 

भदौ १५, २०७९ बुधबार १७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।