कोरोनाबाट थप १ जनाको मृत्यु, २७१ संक्रमित थपिँदा भेन्टिलेटरमा ८ जना

कोरोनाबाट थप १ जनाको मृत्यु, २७१ संक्रमित थपिँदा भेन्टिलेटरमा ८ जना

काठमाडौं : कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयले एक जनाको मृत्यु भएको जानकारी दिएको हो।

मन्त्रायलका अनुसार सोही अवधिमा ३ हजार ९२० जनाको परीक्षण गर्दा २७१ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ललितपुरमा २९, भक्तपुरमा ८ र काठमाडौंमा ११० गरी काठमाडौं उपत्यकामा १४७ संक्रमित छन्।

पछिल्लो २४ घण्टामा १७५ संक्रमित संक्रमणमुक्त हुँदा एक जनाले पनि कोरोनाविरुद्धको खोप लगाएका छैनन्। 

देशभर ३ हजार १९४ जना सक्रिय संक्रमित छन्। जसमध्ये ४२ जना आईसीयू र ८ जना भेन्टिलेटरमा उपचाररत छन्।

भदौ १५, २०७९ बुधबार १६:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।