बुधबार राणालाई साेधियाे चार प्रश्न, अझै ६० प्रश्न बाँकी

बुधबार राणालाई साेधियाे चार प्रश्न, अझै ६० प्रश्न बाँकी

काठमाडाैं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग महाभियोग सिफारिस समितिले बुधबारका लागि बयान सकेको छ।

बुधबारको पाैने १ बजेदेखि लिइएकाे बयानमा जम्मा चारवटा प्रश्न सोधिएका थिए। सिफारिस समितिको बैठकले भाेलि पनि राणाकाे बयान लिनेछ।

बुधबार राणालाई साेधिएकाे प्रश्नमा प्रतिप्रश्न र थप स्पष्टिकरण दिने क्रम भएकाले लामाे भएकाे समिति सदस्य एवं कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए।

बाँकी प्रश्नकाे उत्तर भाेलिकाे बयानमा आउने र भाेलिदेखि प्रश्नका रफ्तार बढ्ने उनकाे विश्वास छ। त्यसका लागि सांसदहरूले प्रतिप्रश्न कम गर्नुपर्ने हुन्छ।

राणमाथि समितिले ६४ प्रश्नहरू सोध्नेछ। जसमध्ये समितिकै ४३ वटा प्रश्न छन् भने नेपाल बार एशोशिएसनका २१ वटा प्रश्नहरू छन्।

भदौ १५, २०७९ बुधबार १६:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।