दिल्लीमा पतञ्जली र आइएमईबीच सम्झौता

दिल्लीमा पतञ्जली र आइएमईबीच सम्झौता

काठमाडौं : पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिटेन्स साझेदारी सम्बन्धी सम्झौता भएको छ।

सम्झौता पत्रमा पतञ्जली समूहद्वारा प्रवद्र्र्धित भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा. ऋषि कुमार र आइएमई इन्डिया तर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गरेका छन्। 

सम्झौतामा भारतमा बसोबास गर्ने लाखौं नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन्।

हरितालिका तीजको अवसरमा मंगलबार दिल्लीमा आयोजित कार्यक्रममा समझदारी पत्र आदानप्रदान भएको हो ।

कार्यक्तममा स्वामी रामदेवले यो साझेदारीले भारत–नेपालबीचमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई बलियो बनाउने र नेपालीलाई पैसा पठाउनका लागि सुविधाजनक माध्यम थपिएको बताए।

आचार्य बालकृष्णले पतञ्जली समूह र आईएमईबीच भएको साझेदारी घोषणा गर्न पाउँदा खुसी लागेको बताउँदै नेपालका पतञ्जली केन्द्रहरूबाट पनि रेमिटेन्स सेवा प्राप्त गर्न सकिने बताए।

कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा, पतञ्जली आयुर्वेद, पतञ्जली समूहद्वारा प्रवर्द्धित भरुवा सोलुसन प्रालिका उच्च पदस्थ कर्मचारीहरू, आइएमईका उच्च पदस्थ कर्मचारीहरू लगायत भारतमा रहेको नेपाली समुदायको उपस्थिति थियो।

भदौ १५, २०७९ बुधबार १६:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।