२४ घण्टाभित्र राजश्व नबुझाए काठमाडाैं फनपार्क शिलबन्दी गर्ने महानगरकाे चेतावनी

काठमाडाैं : काठमाडाैं महानगरपालिकाले भृकुटीमण्डपमा रहेकाे काठमाडाैं फनपार्कलाई २४ घण्टाभित्र राजश्व बुझाउन आग्रह गरेकाे छ।
बुधबार पत्र लेखेर महानगरले व्यवसाय,बहाल, विज्ञापन र मनाेरञ्जन कर बुझाउन २४ घण्टे अल्टिमेटम दिएकाे हाे।
यसअघि पटक-पटक ताकेता गर्दा पनि अटेर गरेकाे भन्दै महानगरले ताेकिएकाे समयभित्र राजश्व र त्यसकाे जरिबाना नबुझाए पार्कलाई शिलबन्दी गरी असुल उपर गरिने चेतावनी दिएकाे छ।
फनपार्क काठमाडाैं महानगरकाे वडा नम्बर २८ मा पर्छ।
भदौ १५, २०७९ बुधबार १५:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।