सुदूरपश्चिमका मुख्मन्त्री भट्टद्वारा राज्यमन्त्री चाैधरी बर्खास्त

सुदूरपश्चिमका मुख्मन्त्री भट्टद्वारा राज्यमन्त्री चाैधरी बर्खास्त

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले भौतिक पूर्वाधार राज्यमन्त्री कुलबीर चौधरीलाई बर्खास्त गरेका छन्।

एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री पदमा नियुक्त भएका चौधरीलाई पार्टीकाे सिफारिसमा बर्खास्त गरिएकाे सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री रणबहादुर रावलले जानकारी दिए।

एमाले प्रवेश गर्ने खबरपछि पार्टीले उनलाई पदबाट हटाउन सिफारिस गरेकाे हाे। बुधबार नै कञ्चनपुरमा भएकाे एक कार्यक्रममा उनी एमाले प्रवेश गरिसकेका छन्।

एमालेबाट सांसद भएका उनी पछिल्लाे समय एकीकृत समाजवादीमा प्रदेश कमिटी सदस्यसमेत थिए।

भदौ १५, २०७९ बुधबार १५:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।