नेपालकाे ट्वान्टी वरीयता खस्कियाे

काठमाडाैं : नेपाली राष्ट्रिय क्रिकेट टोलीको टी–ट्वान्टी वरीयता खस्किएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो।
अघिल्लो वरीयतामा १५औं स्थानमा रहेकाे नेपाल नयाँ वरीयतामा १६औं स्थानमा झरेको हाे। केन्यासँग खेलका दुई खेलमा पराजय भाेगेसँगै नेपालकाे वरीयता खस्किएकाे हाे।
वरीयता घटेसँगै नेपालको सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी–ट्वान्टी विश्वकपमा सिधै छनोट हुने सम्भावना कठिन बनेको छ।
सन् २०२४ को टी–ट्वान्टी विश्वकपमा वरियताको शीर्ष ११ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन्।
भदौ १५, २०७९ बुधबार १५:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।