शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं : कारोबार हुने साताको चौथो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।
बुधबार नेप्से परिसूचक २१.९७ विन्दुले घटेर १९७३.३८ विन्दुमा झर्दा ४.३६ विन्दुले घटेको सेन्सेटिभ इन्डेक्स पनि ३८४.५९ विन्दुमा ओर्लिएको छ।
बजार घटे पनि कारोबार भने बढेको छ। बुधबार २२४ कम्पनीका शेयर १ अर्ब १२ करोड रूपैयाँमा कारोबार भए।
यसदिन उपसूचकहरू पनि सबै राताम्मे भएका छन्। सबैभन्दा बढी सहकारी र जलविद्युत् समूह मारमा परेका छन्। विकास बैंक, लघुवित्त, होटल तथा पर्यटन, व्यापार अन्य समूह पनि ठूलै अंकले घटेका छन्।
यसदिन नेपाल टेलिकम र रिदी पावर कम्पनीले उच्च कारोबार गरेका छन्। टेलिकमले १० करोडको कारोबार गर्दा रिदीको ६ करोड ४० लाखको कारोबार भयो।
भदौ १५, २०७९ बुधबार १५:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।