महाभियाेग निष्क्रिय भइसक्याे, संविधान र नियमावली संसदले पालना गरेन : चाेलेन्द्र राणा

महाभियाेग निष्क्रिय भइसक्याे, संविधान र नियमावली संसदले पालना गरेन : चाेलेन्द्र राणा

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले महाअभियोग प्रस्ताव संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार निष्क्रिय भइसकेको बताएका छन्।

बुधबार महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा राणाले महाभियोग प्रस्ताव निष्क्रिय भइसकेकाे अवस्थामा आफू संसद्को सम्मानका लागि समितिमा उपस्थित भएकाे बताए।

राणाले प्रस्ताव संविधान र नियमावली संसद्ले पालना नरेकाे भन्दै आफूले समितिबाट न्याय पाउनुपर्ने माग गरे। उनले आफूपछाडिमा मान्छेलाई प्रधानन्यायाधीश बनाउने उद्देश्यले मात्र महाभियाेग लगाइएकाे बताए।

न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउनुपर्ने प्रस्ताव आफूकहाँ आएको र त्यसलाई अस्वीकार गरेको जबराको भनाइ छ। त्यसरी न्यायपालिका चल्दैन भनेर अस्वीकार गरेको जबराले बयानमा भनेका छन्।

उनले आफूमाथि लगाइएका अभियोग ‘बेबुनियाद’ र राजनीतिक भएकाे दाबी गर्दै उनले प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिकालाई कमजोर बनाउन खोजिएको तर्कसमेत गरे।

भदौ १५, २०७९ बुधबार १४:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।