सुर्खेत घटना : कुटपिट गरी हत्या गरेकाे आराेपमा पाँच जना पक्राउ

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका-१० पटानटोल बस्ने २० वर्षीय रोशन जिसीको कुटपिट गरी हत्या गरेको आराेपमा पाँच जना पक्राउ परेका छन्।
तीजको नाच हेर्ने क्रममा झडप हुँदा जिसीलाई कुटपिट गरेकाे अभियाेगमा प्रहरीले सोही ठाउँ बस्ने २२ वर्षीय ओम प्रकाश सुनारसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेकाे हाे।
उनीहरूलाई मंगलबार साँझ नै प्रकाउ गरिएकाे थियाे।
कुटपिटबाट घाइते जिसीकाे कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
भदौ १५, २०७९ बुधबार १३:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।