ताेलामै ८ सयले घट्याे सुनकाे मूल्य

काठमाडौं : साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ८ सयले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य बुधबार १५ रुपैयाँले घटेर १ हजार १ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
भदौ १५, २०७९ बुधबार १३:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।