२ हजार ४३३ जना चालकमाथि एकैदिन ट्राफिक प्रहरीकाे कारबाही

२ हजार ४३३ जना चालकमाथि एकैदिन ट्राफिक प्रहरीकाे कारबाही

काठमाडाैं : काठमाडाैं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ४३३ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेकाे छ।

मंगलबार अनावश्यक हर्नको बजाउने १९८ जना, फुटपाथमा पार्किङ गर्ने १७३ जना, मदिरा पिएर सवारी साधन चलाउने १९१ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९८ जनालाई प्रहरीले कारबाही गरेकाे हाे।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ७४ जना, तीव्र गतिमा सवारी साधन चलाउने ८० जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ५८ जना, लेन उल्लङ्घन गर्ने ४७ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकहरू पनि कारबाहीमा परेकाे काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ।

भदौ १५, २०७९ बुधबार ०९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।